सिरियाका आन्दोलनकारीहरुको वार्ता अरेबियाको रियादमा जारी


siriyaसिरियामा विगत करिब पाँच वर्षदेखि आन्दोलन गरिरहेका विपक्षीहरुको वार्ता साउदी अरेबियाको राजधानी रियादमा जारी रहेको छ । बुधबारबाट सुरु भएको सो वार्ता बिहीबार पनि जारी रहेको बताइएको छ । साउदी अधिकारीहरुले सो वार्तामा सिरियाका लगभग सबैजसो विपक्षी एवम् विद्रोही समूहका प्रतिनिधिहरु रहेको बताएका छन् । सो वार्तामा विपक्षीहरुसँगै कुराकानी गर्न सिरियाली राष्ट्रपति बसर अल असद पनि उपस्थित हुने बताइएको थियो । तर यो वार्ता सुरु भएपछि भने यस विषयको चर्चा गरिएको छैन । साउदी विदेशमन्त्री अब्देल अल जुबिरले सिरियाका आन्दोलनकारी प्रतिनिधिहरुबीच वार्ता जारी रहेको जानकारी बिहीबार दिनुभएको छ । यसअघि साउदी अरेबियाले यही डिसेम्बरको मध्यमा सिरियाली विपक्षी समूहलाई एकै स्थानमा ल्याएर शान्ति वार्ता गराउने कोसिस गर्ने बताएको थियो । सो शान्ति वार्ताको प्रमुख मुद्दा सिरियामा गएका करिब पाँच वर्षसम्म जारी द्वन्द्वको अन्त्य भएको बताइएको छ । संयुक्त राष्ट्रसंघको लागि साउदी अरेबियाका राजदूतले गत महिना सो धारणा राख्नुभएको थियो । सरियाली विपक्षी समूह र सिरियाली राष्ट्रपति बसर अल असदबीच छलफल गरी शान्ति वार्ताको टुङ्गो लगाउने उद्देश्य राखिएको छ । तर यस्तो सम्भावना भने अहिले नै नदेखिएको विश्लेषकहरुको भनाई छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन र त्यसपछि जारी गृहयुद्ध पाँच वर्ष पूरा भएको छ । जारी यस द्वन्द्वमा जरी २०११ देखि हालसम्म २ लाख ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँलाख व्यक्ति घरबारविहीन भएका छन् भने लाखौँ व्यक्ति देशभित्र र छिमेकी राष्ट्रमा शरण लिन पुगेका छन् । सुरुमा राष्ट्रपतिलाई सत्ताबाट हटाउनका लागि सुरु भएको आन्दोलनले पछिल्ला वर्षहरुमा आएपछि गृहयुद्धको रुप लिएको छ । यसै आन्दोलनको सुरुवातसँगै इस्लामिक स्ट्ेट (आइएस) का आतङ्ककारीहरुले सिरिया र इराकलाई थप युद्धभूमि बनाएका छन् । ती देशमा पनि हाल दिनहुँजसो हिंसा मच्चिने गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?