सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण
वैशाख २२, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
आयोगले आज भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। यसैगरी आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ।