मौसम परिवर्तनसम्बन्धी पेरिस सम्मेलन: कुल शून्य अनिवार्यता


(एरिक बिनहकर तथा मायल्स एलन)
मौसम परिवर्तनको एउटा ऐतिहासिक सम्झौतामा विश्व पुगेको छ । पेरिसमा सम्पन्न भएको मौसम परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको सम्मेलनले तापक्रम वृद्धि औद्योगीकरणअगाडिको स्तरमा पु¥याउने गरी दुई डिग्री सेल्सियसमा सीमित गर्ने गरी मुलुकले पाइला लिने र तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने गरी प्रयास अगाडि बढाउने बचनबद्धता प्रकट गरेका छन् । यसले विकसित मुलुकलाई प्रति वर्ष १०० अर्ब अमेरिकी डलर बराबर रकम विकासशील मुलुकतर्फ सहयोग पठाउन जिम्मेवारयुक्त बनाएको छ ।walky award 16 दुर्भाग्यपूर्णरूपमा अन्तिम सम्झौतामा हाम्रो ग्रहको भविष्यलाई वास्तवमै प्रभाव पार्ने सङ्ख्या ‘शून्य’ लाई हटाइएको छ । हामीले यस ग्रहको तापक्रमलाई कुनै पनि स्तरमा र समयमा स्थिर गर्न कार्बन डाइअक्साइड (सीओटु) को उत्सर्जन त्यो मात्रामा झार्नुपर्छ । शून्य, केही पनि नभएको, खाली । पृथ्वीको वातावरण तथा महासागरीय प्रणाली कार्बन डाइअक्साइड तथा अन्य हरितगृह ग्यासले भरिएको नुहाउने भाँडो (बाथटब) जस्तो छ । उनीहरूको स्तर जति बढ्छ, यो ग्रह त्यत्तिनै तातो हुन्छ । जोखिम गम्भीर हुने, माथिल्लो बिन्दुमा पुग्ने, मानवको आफूलाई समाजोजन गर्नसक्ने क्षमताले प्रत्याभूति दिन नसक्ने भनी वैज्ञानिकहरू सर्वसम्मत भएको कुनै निश्चित बिन्दु वा भन्नुहोस् २ डिग्री सेल्सियससम्म त्यो नुहाउने भाँडो भरिएपछि उत्सर्जनको धारा बन्द गर्नैपर्छ । अन्यथा त्यो नुहाउने भाँडो अझै भरिन थाल्छ र पृथ्वीको तातोपना ३ डिग्री, ४ डिग्री, ५ डिग्री गरी उत्सर्जन नरोकिएसम्म वा हामी लोप नभएसम्म बढ्दै जान्छ । हामीले जतिसक्यो त्यति छिटो धारा बन्द गर्न सके मौसम स्थिर हुने गरी, हामीले कम जोखिम भोग्ने गरी र तातो ग्रहमा समायोजन गर्ने न्यून खर्च ब्यहोर्ने गरी हामी तापक्रम कम गर्नसक्छौँ । हामीले वातावरणमा फ्याँकिदिएको करिब आधा कार्बन डाइअक्साइड त्यहीँ रहन्छ । बाँकी महासागर तथा जीवमण्डलमा वितरण हुन्छ । महासागरको आफूमा लिनसक्ने क्षमता बढ्दो रूपमा घट्दै गएको अवस्थामा त्यसले थोरै लिनसक्छ र त्यहाँ वितरण हुने भाग पनि घट्दै गएको छ । तापक्रम बढ्दै गएपछि माटोले पनि बढी कार्बन डाइअक्साइट छोड्नथाल्छ र त्यसले तातोपना अझै बढाउँछ । नुहाउने भाँडोमा रहेको कार्बन डाइअक्साइड हटाउने उपाय भनेको शाब्दिक रूपमा त्यसलाई त्यहाँ आउन नदिने हो । कार्बन डाइअक्साइडलाई पुनः जीवाश्मीकरण गर्ने प्राकृतिक प्रक्रिया त छ तर त्यो प्रभाव पार्न नसक्ने गरी निकै ढिलो छ । कार्बन जम्मा गर्ने र भण्डारण गर्ने (कार्बन क्याप्चर एण्ड स्टोरेज – सीसीएस) प्रविधिले कोइला तथा ग्यासको माध्यमबाट उर्जा उत्पादन गर्ने संयन्त्रबाट उत्पन्न हुने कार्बन डाइअक्साइडलाई जम्मा गर्छ र त्यसलाई जमिनमुनि गाडिदिन्छ । यसले नुहाउने भाँडोमा रहेको कार्बन डाइअक्साइडलाई केही पनि गर्न सक्दैन । सीसीएस प्रविधिले कोइला तथा ग्यासबाट हुने उत्सर्जनलाई शून्यमा घटाउनसक्छ । यो कुरा निकै महङ्गो छ र यो स्तरमा प्रविधि विकास हुने प्रयास निकै ढिलो भएको छ । ठूलो स्तरमा सीसीएसको आवश्यकताको तुलनामा हावामा विद्यमान कार्बन डाइअक्साइड लिने र त्यसलाई पृथक बनाउने यो निकै सानो पाइला हो । कार्बन डाइअक्साइडलाई तह लगाउने प्रविधि अझै पनि तुलनात्मक रूपमा विकासको प्रारम्भिक चरणमा छ । हामीले हाम्रो मार्गमा निरन्तर रूपमा अगाडि बढ्यौँ भने पनि तिनीहरूलाई निकै व्यापक स्तरमा सञ्चालन गर्नुपर्छ । यसैले हामी दौडमा छौँ । पेरिसमा तय गरिएको २ डिग्री सेल्सियसको सीमाभन्दा हामीलाई क्षति पु¥याउने गरी नुहाँउने भाँडो भरिएपछि के हामी यो उत्सर्जनको धारालाई शून्य उत्सर्जन हुने गरी बन्द गर्न सक्छौँ ? वास्तवमा यो स्तर पनि पर्याप्त रूपमा कम छैन । पेरिस सम्झौताले यो कुरालाई स्वीकार गरिरहँदा धेरै वैज्ञानिक १.५ सेल्सियलभन्दा बढी तातोपना बढ्नु जोखिमपूर्ण र त्यसलाई समायोजन गर्न पनि विकासशील तथा द्वीप मुलुकका लागि निकै महङ्गो भएको विश्वास गर्छन् । यदि हामीले सबै उत्सर्जन कुनै पनि प्रकारले बन्द गर्न सक्यौँ भने त्यो राम्रो समाचार हुन्थ्यो । यस अवस्थामा पनि पूर्णरूपमा स्थिर हुनुअगाडि तापक्रम एक वा दुई दशकसम्म निरन्तर रूपमा बढिरहन्थ्यो । हामीले उत्सर्जनको धारा अझै पनि ठूलै रूपमा खोलेका छौँ र हामी नुहाउने भाँडो भएको कोठाबाहिर दु्रुत रूपमा दौडिरहेका छौँ । हामी दुई डिग्री सेल्सियसको सीमा सम्भवत ननाघेसम्म आज पनि कार्बन डाइअक्साइडको ऐतिहासिक उत्सर्जन आधाभन्दा कम घटाउन सक्छौँ । हाल हामी सन् २०४० देखि २०५० सम्म त्यो बिन्दुमा पुग्ने मार्गमा छौँ । यसैले प्रायः वैज्ञानिक तथा बढ्दो सङ्ख्याका व्यापारिक नेता तथा लगानीकर्ताले तातोपना २ डिग्री सेल्सियसमा पुग्नुअगाडि नै उत्सर्जन कूल शून्यमा पु¥याउने लक्ष्य स्पष्ट पार्नुपर्ने माग गरिरहेका छन् । सन् २०१५ मा इन्टरनेसनल च्याम्बर अफ कमर्स तथा विश्वभरका प्रमुख कार्यकारी अधिकारीले शून्य उत्सर्जनको लक्ष्य माग गरेका थिए । पेरिसमा प्रमुख लगानीकर्ता ब्याङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीका साथै बुल्मबर्गका प्रमुख कार्यकारी अधिकारी माइकल ब्लुमबर्गले पनि कुल शून्य उत्सर्जनलाई समर्थन जनाउनुभयो । उहाँहरूले मौसममा परिवर्तनले वित्तीय प्रणालीमा पार्ने प्रणालीगत जोखिमलाई औँल्याउनुभएको थियो । यो त्यस्तो स्पष्ट लक्ष्य हो जहाँ कार्बन डाइअक्साइड उत्सर्जन गर्ने उद्योगले आफूलाई समायोजन गर्नुपर्छ वा उनीहरू बन्द हुनुपर्छ । यसमा शून्य उत्सर्जन गर्ने प्रविधि तथा व्यवसायको मात्र भविष्य हुनेछ । यसबीच पेरिसमा वार्ताकारहरूले कूल शून्यको उद्देश्यलाई हटाएका छन् । अब मुलुकहरूले आफ्नो योजनामा यसलाई समर्थन गर्नुपर्छ, जी–२० मुलुकले पुनः सबलीकरण गर्नुपर्छ र संयुक्त राष्ट्र सङ्घको सम्झौतामा पटकपटक उल्लेख गरिनुपर्छ । यस ग्रहका लागि भने कि त शून्य हुनुपर्छ कि त टुट्नुपर्छ ।

(एरिक बिनहकर अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड मार्टिन स्कुलमा इन्स्टिच्यु फर न्यु इकोनोमिक थिङ्किङका कार्यकारी निर्देशक हुनुहुन्छ । मायल्स एलन अक्सफोर्ड विश्वविद्यालयको स्कुल अफ जियोग्राफी एन्ड इन्भायरमेन्टमा जियोसिस्टम साइन्सका प्राध्यापक तथा क्लाइमेट रिसर्च प्रोग्रामका प्रमुख हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?