सरकारले मधेशीको मागमा ध्यान नदिएको ठाकुरको गुनासो, आन्दोलन जारी राख्ने
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनसम्वन्धी प्रस्तावले मधेस आन्दोलनका मागलाई सम्बोधन गर्न नसक्ने भएकाले एकमुष्टरुपमा सहमति खोज्न सरकारसँग आग्रह गर्नुभएको छ । ो पार्टीद्वारा आज यहा“ आयोजित पत्रकार सम्मेलनमा उहा“ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको विरोधका बाबजुद पनि सरकारले हिजोको संसद् बैठकमा उक्त विधेयक पेस गरेकोमा आपत्ति जनाउनुभयो । अध्यक्ष ठाकुरले मधेसी जनताको माग र भावना विपरित सरकारले उक्त विधेयक संसद्मा पेस गरेर मोर्चासँग वार्ता र संवादको वातावरण बिगार्ने काममा लागेको आरोप लगाउ“दै विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म वार्ता सफल नहुने बताउनुभयो । मधेसका नागरिकलाई वास्तविक नागरिक नमान्ने र उनीहरुको आस्थामाथि सधैंँ प्रश्न गर्ने चलन विरुद्ध यो आन्दोलन हो । उहा“ले भन्नुभयो, “मधेसलाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहन्छ ।” अध्यक्ष ठाकुरले आपूmहरुको माग सम्बोधन नभएसम्म सडक र सदन दुबैतर्फबाट सशक्त विरोध जनाउने बताउ“दै समानुपातिक र समावेशी सिद्धान्तलाई व्यवहारिक कार्यान्वयन, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रदेशको सिमाङ्कनलगायतका विषयमा सरकारले स्पष्ट धारणा नल्याएसम्म वार्ता सफल हुन नसक्ने स्पष्ट पार्नुभयो । अधिकार र अवसरको प्राप्ति तथा विभेद विरुद्धको यो आन्दोलनलाई निर्णायक तहमा नपु¥याएसम्म हामी शान्त भएर बस्न सक्दैनौँ भन्दै उहा“ले विगतभन्दा अझ बढी सशक्त, व्यवस्थित र प्रभावकारीरुपमा आन्दोलन अगाडि बढाउनका लागि सम्बन्धीत सबै पक्षसँग आग्रह पनि गर्नुभयो ।