आन्दोलन अवतरण गर्न मोर्चालाई पौडेलको सुझाव
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई दलीय आकाङ्क्षाबाट माथि उठेर आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अवतरण गर्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संसद्मा पेस गरिएका विधयेकमार्फत मोर्चाका अधिकांश माग पूरा हुने र सीमाङ्कनको विषयमा छलफल गरी सच्याउन सकिने स्पष्ट पार्नुभयो । मोर्चाले हठ गरी जनतालाई किन दुःख दिने कार्य गरिरहेको हो भनी प्रश्न गर्दै उहाँले वार्ताद्वारा समस्या समाधान गर्न अग्रसर हुन सुझाव दिनुभयो ।