अछामको बाब्लामा झडप, मतदान स्थल सशस्त्र प्रहरीको नियन्त्रणमा
वैशाख ३०, अछाम । अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप हुँदा मतदान स्थगित भएको छ। मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामको बाब्लामा मतदान स्थगित भएको हो।
बाब्लामा नेकपा एमाले–माओवादी केन्द्र र कांग्रेस–नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ। प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए।
झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। झडपमा भएको क्षतिबारे जानकारी प्राप्त भइनसकेको बताए।
अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।