बिस्कुटको भरमा निर्वाचनमा खटिँदै सुरक्षाकर्मी


वैशाख ३०, मुगु । मुगुमा सुरक्षाकर्मी भोकभोकै निर्वाचनमा खटिनु परेको छ। निर्वाचन सुरक्षा प्रमुख केन्द्रको घेरामा रहेका नेपाल प्रहरी बिस्कुटको भरमा खटिरहेका छन्।

छायाँनाथ रारा नगरपालिका-५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहानै ५ बजेबाट खटिएका सुरक्षाकर्मी खाना खान पाएका छैनन्। उनीहरु एक पाकेट बिस्कुटको भरमा निर्वाचनमा खटिनु परेको वरिष्ठ हवल्दार सीता कुमारी खत्रीले जानकारी दिइन्।

‘बिहानै आएर खटिरहेका छौँ, अहिलेसम्म खाना खान पाइएको छैन। एक पाकेट बिस्कुट खाएर भए पनि निर्वाचनमा खटिरहेका छौँ,’ उनले भनिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?