मनाङबाट एमाले र कांग्रेसको विजय सुरुवात


वैशाख ३१, काठमाडौँ । स्थानीय तह निर्वाचनमा संसदको ठुलो दल नेकपा (एमाले)र संघीय सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले मनाङबाट विजययात्रा शुुरु गरेका छन्। मनाङका चारमध्ये एमाले र कांग्रेसले एक एक गाउँपालिकाको अध्यक्षमा जित हाँसिल गरेका छन्।

कांग्रेसले नार्पाभूमि गाउँपालिका र एमालेले चामे गाउँपालिकाको अध्यक्ष जितेको हो। बाँकी दुई गाउँपालिकाको नजिता आउन बाँकी छ।

नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भए। लामाले १५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाए।

यस्तै, चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भए। घलेले ३ सय २० मत ल्याउँदा लामाले २ सय ७९ मत ल्याए। एमाले र काग्रेसलेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?