मन्त्रीको नेतृत्वमा एमाले कार्यकर्ताको घर भत्काइयो
वैशाख ३१, मुगु । मुगुको सोरु गाउँपलिकामा एमाले कार्यकर्ताको घर भत्काईएको छ। शुक्रबार राति १० बजेदेखि भत्काइएको घर शनिबार ३ बजेसम्म जारी रहेको थियो। कर्णाली प्रदेशका भूमिव्यवस्था मन्त्री चन्द्रबहादुर शाहीको नेतृत्वमा घर भत्काइएको स्थानीयको आरोप रहेको छ।
एमालेका वडाध्यक्षका उम्मेदवार बखत मल्लको घर पनि भत्काइएको छ। यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए।