मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेका उम्मेदवार विजयी


वैशाख ३१, काठमाडौँ । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन्।

निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०–३० मत प्राप्त गरेका थिए। दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो।

गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?