चितवनको माडीमा माओवादीलाई शुरुआती अग्रता


वैशाख ३१, चितवन । चितवनको माडी नगरपालिकामा मतगणना शुरु भएको छ। शुरुवाती गणनामा माडीमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेले शुरुवाती गणनामा ८९ मत ल्याएर अग्रता लिएका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार ८२ मतसहित पछ्याइरहेका छन्। उपमेयरमा कांग्रेसका खेम महतोले ८० मतसहित अग्रता बनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?