मनाङको नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित


वैशाख ३१, लमजुङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन्। उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध्यक्ष बनेका हुन्। प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत मात्र पाए ।

कोन्जो तेन्जिङ यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए। पछि कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको हो।

उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा यसअघि नै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए। नार्पाभूमिमा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत खसेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?