हेलिकप्टरबाट ल्याउने तयारी गरिए पनि बोकेरै लाङटाङबाट धुन्चे ल्याइयो मतपेटिका


वैशाख ३१, रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका सदरमुकाम धुन्चे आइपुगेको छ। स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका पैदलमार्गबाट सदरमुकाम धुन्चे ल्याइएको हो।

पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि बाेकेरै मतपेटिका ढुवानी गर्न सर्कुलर भएअनुसार शनिबार मात्रै मतपेटिका आइपुगेकाे हाे।

लाङटाङको मतपेटिका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना तत्काल सुरु गर्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक सम्पन्न हुनासाथ मतगणना सुरु हुनेछ । सदरमुकामबाट सबै भन्दा टाढाको मतदान केन्द्र लाङटाङनै हो।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ। यस वडामा तीन सय सय ६३ मतदाता थिए । जसमा तीन सय सय दुई मत खसेको हो। यहाँ एक सय ६२ पुरुष र एक सय ४० महिलाले मतदान गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?