सर्लाही हरिपुरको एक वडामा एकीकृत समाजवादीले खोल्यो खाता


वैशाख ३१, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको एक वडामा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ।

नेकपा एकीकृत समाजवादीबाट हरिपुर नगरपालिका–९ को वडाध्यक्षका उम्मेदवार विश्वनाथ राय यादव ११ सय ८७ मतका साथ विजयी भएका छन्। यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनाथ साहले ५ सय ५५ मत मात्र प्राप्त गरे।

यस्तै उक्त पालिकामा मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीले १ हजार ४७ मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार १ हजार १६ मतसहित र निवर्तमान मेयर जमरुद्दिन मन्सुरले ९ सय ७५ मतसहित चुनावी मैदानमा छन्।

यसैबीच उपमेयरका उम्मेदवारहरूमा एकीकृत समाजवादीकी शिलु कार्की १२ सय २५ मतसहित अग्र स्थानमा छन्। नेकपा माओवादी केन्द्रकी अनिता देवी १ हजार १८ मत र नेपाली कांग्रेसकी उम्मेदवार निलमदेवी राय यादव ८ सय मतसहित तेस्रो स्थानमा छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?