पोखरा महानगरमा गठबन्धन अघिअघि, एमाले पछिपछि


जेठ, १, काठमाडौँ । पोखरा महानगरपालिकामा सत्तागठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन्। १६ सय मत गणना गर्दा आचार्य ६१३ मतसहित अगाडि छन्।

अहिले वडा नम्बर १, २ र १२ को मत गणना गरिएको छ। यहाँ नेकपा एमालेका उम्मदेवार कृष्ण थापाले ५८३ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा सत्तागठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ७१६ मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी गुरूङले ५८३ तसहित पछ्याइरहेकी छन्।े

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?