ताप्लेजुङ अपडेटः फक्ताङलुङमा माओवादी र ऐसेलुखर्कमा एमाले विजयी
जेठ २, ताप्लेजुङ । ताप्लेजनुङका दुई वटा गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ। फक्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र ऐसेलुखर्क गाउँपालिकामा एमाले विजयी भएको हो ।
फक्ताङलुङ गाउँपालिकाः अध्यक्षमा माओवादी केन्द्रबाट राजन लिम्बू मुक्तिु विजयी भएका छन्। बिहान सम्पन्न मतगणना अनुसार लिम्बू २ हजार ६६० मत ल्याएर विजयी भएका हुन्।
उनी निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज लिम्बूलाई ३४८ मतान्तरले पछि पार्दै अध्यक्ष बनेका हुन्। पराजित सरोजले २ हजार ३१२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय तापेथोकले जनाएको छ।
उपाध्यक्षमा २ हजार ३५८ मत ल्याउँदै कांग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका शान्ति माया लिम्बू पौडेलले २ हजार २१२ मत ल्याइन्।
ऐसेलुखर्क गाउँपालिकाः ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन्। गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन्।