भरतपुरमा रेणुले फेरी अग्रता लिइन्, कतिले पछि परे सुवेदी?
जेठ २, चितवन । भरतपुर महानगरपालिका मेयरमा फेरि रेनु दाहालले अग्रता लिएकी छन्। कुल १० हजार २०६ मत गन्दा मेयरमा माओवादी केन्द्रकी रेनुले ३५७८ मत प्राप्त गर्दै झिनो अग्रता लिएकी छन्।
नेकपा एमालेका सुवेदीले ३५७५ मत प्राप्त गरेका छन्। अहिले रेनु र सुवेदीबीच तीन मतको अन्तर छ। कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले १३६० मत प्राप्त गरेका छन्।
भरतपुर उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४०४३ मत ल्याएका छन्। एमालेसँग गठबन्धन गरेको राप्रपाकी हिमला गुरुङले २८१६ मत ल्याएकी छन्।