भरतपुरमा अग्रता बढाउँदै सुवेदी


जेठ २, काठमाडौँ । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन्। ११ हजार २०७ मत गणना हुँदा सुवेदीले ३ हजार ८९९ मत पाएका छन्।

पाँच दलीलय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८५६ मत पाएकी छन्। उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत पाएका छन्। रेनु दाहाल ४३ मतले पछि परेकी छन्।

उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३१ मत पाएका छन्। उपप्रमुखमा एमाले र राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले ३ हजार ४१ मत पाएकी छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?