उदयपुरको रौतामाई गाउँपालिकामा एमालेलाई हराउँदै माओवादीका मगर विजयी


जेठ ३, उदयपुर । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वीरेन्द्रकुमार मगरले बिजयी भएका छन्। थापालाई ८ सय ४२ मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन्। मगरले ४ हजार १ सय ८८ मत ल्याउँदा थापाले ३ हजार ३ सय ४६ मत पाएका थिए।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा बिजयी भएका छन्। थापाले ३ हजार ६ सय ९९ मत पाउँदा एमालेकी कुमारी ज्यू ठकुरीले ३ हजार ९३ मत पाइन् । नेकपा एमालेकी उपाध्यक्ष ठकुरी अघिल्लो निर्बाचनमा उपाध्यक्षमा बिजयी भएकी थिइन्।

त्यसैगरी वडा नम्बर १ मा नेकपा एमालेका रुद्रबहादुर कार्की, वडा नम्बर २ मा नेकपा एमालेका होमबहादुर दाहाल, वडा नम्बर ३ मा नेकपा एमालेका दिपेन्द्र दाहाल, वडा नम्बर ४ मा नेपाली काग्रेसका रबिन्द्रकुमार खत्री, वडा नम्बर ५ मा नेकपा एमालेका पाण्डब राई, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका पृथ्मीकुमार राई, वडा नम्बर ७ मा नेकपा एमालेका मनोजकुमार राना मगर र वडा नम्बर ८ मा नेपाली काग्रेसका घमानसिंह थापा बिजयी भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?