भरतपुरमा रेनुले अग्रता बढाइन्, पछ्याउँदे सुवेदी
जेठ ३, चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्। रेनुले उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका विजय सुवेदी भन्दा ५९ मतले पछि पारेकी छन्।
कुल १७ हजार ८४६ मत गणना गर्दा रेनुले ५ हजार ९४७ मत प्राप्त गरेकी छन् भने विजयले ५ हजार ८८८ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ९०५ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार २५७ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङ ४ हजार ८२२ मत प्राप्त गरेकी छन्।