काठमाडौंमा ४० हजार मत गणना सकियो, कसले कति पाए ?


जेठ ४, काठमाडौँ । काठमाडौं महानगरपालिकामा ४० हजार भन्दा धेरै मत गणना भएको छ। हालसम्म ४० हजार ५०५ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जसमा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार ७७५ मत ल्याएर फराकिलो अग्रता लिइरहेका छन्। दोस्रोमा रहेका नेकपा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३४८ मत ल्याएकी छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?