सिड्नीमा एक नेपाली अभिभावकको असामयिक निधन, नेपाली समूदायका सदस्यहरु परिवारलाई सहयोग गर्दै
सिड्नीमा बस्ने एक नेपाली दम्पत्तिको अभिभावकको असामयिक निधन भएको छ । स्ट्राथफिल्डमा रहने विनोद नगरकोटी र सोभिता शर्मा खुशीसाथ आमालाई (विनोदकी आमा) छोरासँगै छोडेर काममा निस्किएका थिए । काम सकाएर जब विनोद घर फर्किए त्यतिबेला उनले एउटा भयंकर दुर्घटना व्यहोर्नु पर्यो । आमा सोफामा ढलिरहनुभएको थियो भने हातमा दूधको बोतल थियो । नाति नजिकै खेलिरहेको थियो । एक वर्षको नातिलाई हेर्न र अष्ट्रेलिया घुम्नका लागि आउनुभएकी ५७ वर्षीया शोभा नगरकोटीलाई तत्कालै अस्पताल लैजाँदा अस्पतालले मृत घोषित गरेको थियो । एक वर्षको भिजिट भिसामा रहनुभएकी आमाको स्वास्थ्यबिमा गरिएको थिएन । मधुमेहको समस्या उहाँलाई थियो । अहिले उहाँको शवलाई कर्नर कोर्ट ग्लीबमा राखिएको छ । पोष्टमार्टमपछि परिवारलाई दिने अधिकारीहरुले बताएका छन् । नगरकोटी परिवारले उहाँको शवलाई यहीँ अन्तिम संस्कार गर्ने तयारी गरेको छ । विनोदका एक मित्र विनोद शरद भुसाल भन्छन्, आफैं विद्यार्थी, त्यसमाथि आमाको स्वास्थ्य बिमा पनि नभएको बेलामा यतिबेला उनीहरुलाई ठूलो समस्या परेको छ । यसैले हामीले समूदायका अग्रजहरु, एनआरएन अष्ट्रेलिया लगायतमा सहयोगका लागि आग्रह गरेका छौं । हामी आफैंले पनि व्यक्तिगत रुपमा सहयोग सुरु गरिसकेका छौं । उनले अगाडि थपे, यदि यसमा सहयोग गर्न चाहनुहुन्छ भने विनोदकै खातामा सहयोग गर्न सकिनेछ ।
Account Name : Binod Nagarkoti
BSB No: 062105
A/c No: 10498182