थारुलाई विषेशअधिकार दिन पहल गर्छु –नेता देउवा


Nepals Prime Minister Sher Bahadur Deuba smiles after arriving for the First BIMST EC Summit in Bangkokनेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायलाई बिषेश अधिकार दिन आफूले पहल गर्ने बताउनुभएको छ । काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आयोजना गरेको सुदूरपश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमको समापन गर्दै उहाँले थारुहरुको साथ र सहयोगबिना अहिलेको सेती महाकाली प्रदेश बलियो नहुने भएकाले उनीहरुलाई विषेशाधिकार दिनुपर्ने धारणा राख्नुभयो । नेता देउवाले सदियौँदेखि मिलेर बसेको थारु पहाडी समुदायबीचमा तिक्तता हुन नदिन दुवै समुदायका अगुवाले पनि पहल गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । थरुहट पक्षधरले सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा समेटिनुपर्ने माग राख्दै आएका छन् । कार्यक्रममा काँग्रेस नेता विमलेन्द्र निधि, रमेश लेखकले पनि समसामयिक राजनीतिक विषयमा बोल्नुभएको थियो । दुई दिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका जिल्ला सभापति, क्षेत्रीय सभापति, महाअधिवेशन र महासमिति सदस्य, सांसदलगायत सहभागी हुनुहुथ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?