शाहरुख पुत्र आर्यन खानलाई ‘क्लिन चिट’


जेठ १३, काठमाडौँ । लागुऔषध मामिलामा बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले ‘क्लिन चिट’ पाएका छन्।

प्रहरीको चार्जसिटमा आयर्नको नाम छैन। लागुऔषध मामिलामा शुक्रबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले ६ हजार पृष्ठको चार्जसिट अदालतमा प्रस्तुत गरेको छ। जहाँ १४ जना आरोपीको नाम उल्लेख छ।

प्रहरी अधिकृत सञ्जयकुमार सिंहले एनसीबीलाई आर्यन खानसहित अन्य पाँचविरुद्ध कुनै प्रमाण नभेटिएको बताए। ‘आर्यन र मोहकबाहेक सबै आरोपीले नशालु पदार्थ सेवन गरेका थिए। १४ व्यक्तिविरुद्ध एनडीपीएस एक्टको विभिन्न धाराअनुसार उजुरी दर्ता गरिँदैछ। बाँकी पाँचजनाविरुद्ध प्रमाणको अभाव भएकाले उजुरी दर्ता गरिने छैन’, उनले भनेका छन्।

गत वर्षको ३ अक्टोबरमा मुम्बई क्रुजमा भइरहेको लागुऔषध पार्टीमा सहभागी भएको भन्दै एनसीबीले छापा मारेपछि आर्यनसहित आठजना पक्राउ परेका थिए। उनलाई करिब १८ दिनसम्म जेलमा राखेपछि बम्बई उच्च अदालतबाट जमानत पाएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?