अबदेखि चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति


chinaचिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको छ । सो कानुन शुक्रबारदेखि नै लागू भएको हो । चिनियाँ दम्पत्तिले सन् २०१६ देखि नै दुई सन्तान पाउने अनुमति पाउनेसम्बन्धी कानुन गएको अक्टोबर महिनामा नै चीन सरकारले बनाएको थियो । सोही कानुनबमोजिम आजदेखि चिनियाँ दम्पत्तिले दुई सन्तान जन्माउने अनुमति पाएका हुन् । चिनियाँ सरकारको एक सन्तान नीतिको बिगतमा आलोचना भएको थियो । सोही आलोचनापछि चीन सरकारले दुई सन्तान नीति बनाएको हो ।
सन् १९७० को दशकको अन्त्यतिर चीन सरकारले यो नीति बनाएको हो । चीनमा जनसङ्ख्या बृद्धिको विस्फोटक अवस्थाका कारण यस्तो नीति बनाएको बताएको थियो । चिनियाँ अधिकारीहरुले चीनको यो नीतिले चीनमा आर्थिक बृद्धिका लागि एक महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । चीनमा सन् १९७० पछिका वर्षहरुमा आर्थिक विकासमा निकै प्रगति भएको थियो । यो नीतिका कारण गएका वर्षहरुमा चीनमा कम्तीमा पनि ४० करोड नयाँ जन्म कम भएका बताइएको छ । नीति निर्माताहरुले यी नयाँ जन्महरुको कमीले पनि चीनको अर्थतन्त्रमा योगदान पु¥याएको जनाएका छन् । हुनत यसअघि पनि कतिपय ग्रामीण क्षेत्रका महिलालाई पहिलो सन्तान छोरी छ भने अर्काे बच्चा जन्माउने अनुमति दिइएको थियो । त्यस्तै अल्पसङ्ख्यक समुदायका नागरिकलाई पनि दुई सन्तानको अनुमति दिइएको थियो । तर पनि पछि आएर त्यसमा परिवर्तन भएको थियो । यसका कारण चीनमा गर्भभित्रै बच्चाको लिङ्ग पहिचान गरी गर्भपतन गर्ने काममा निकै बृद्धि भएको थियो । चीन संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो । हाल यहाँको जनसङ्ख्या एक अर्ब ३७ करोड रहेको छ । अब चिनियाँ दम्पत्तिलाई दुई सन्तानको अनुमति दिइएको छ । तर पनि दोस्रो सन्तानको जन्मका लागि भने कैयौँ नियमहरु बनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?