वाकाथनमा दुई हजारले सहभागिता जनाए, खेलकुदका लागि सहयोग गर्ने प्रधानमन्त्रीको भनाई


dbg e08f/L :kf]6{;{ Ps]8]dLåf/f z’qmaf/ sf7df8f}Fdf cfof]lht jfsfy’gdf af]Nb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद राष्ट्रको पहिचान भएको हुँदा यसको विकास र विस्तारका लागि सरकारका तर्फबाट पूर्ण सहयोग गरिने बताउनुभएको छ । मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा आयोजित वाकाथुनमा बोल्दै उहाँले निजीगत, राजनीतिगत स्वार्थबाट माथि उठी राष्ट्रको हितको निम्ति पनि खेलजगतको विकासका लागि लाग्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशमा अहिले भइरहेको अस्थायी समस्यालाई समाधान गर्दै अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । “राजनीतिक क्षेत्रमा रहेका वा राखिएका विभिन्न मतभेदहरू जुन छन् त्यसलाई सम्बोधन गर्न सकिने उचित कुरालाई सम्बोधन गर्छौं र नमिल्ने कुरालाई सम्झाउँदै अगाडि बढ्छौँ” – प्रधानमन्त्री ओली भन्नुहुन्छ । उहाँले देशमा शान्ति सुरक्षा, जनताको हकअधिकारको रक्षा र देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै समृद्धिको बाटोमा अगाडि बढ्ने आमजनताको आकाङ्क्षालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि मदन भण्डारी स्पोर्टस् एकेडेमीसँग समन्वय गरेर अगाडि बढ्ने भनाइ व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा सञ्चालित वेबसाइटको उद्घाटन गर्नुभएको थियो । करिब दुई हजारजनाको सहभागिता रहेको वाकाथुन भृकुटीमण्डपबाट सुरु भई सहिदगेट, सुन्धारा हुँदै त्रिपुरेश्वरमा गएर टुङ्गिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?