मोदीले भने भारत सधैँ अफगान नागरिकको साथमा


modiभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधँै अफगान नागरिकको साथमा रहेको बताउनुभएको छ । उत्तरी अफगान नगर मजार इ सरिफमा रहेको भारतीय कन्सुलेटमा भएको तालिवानहरुको आतङ्कवादी हमलापछि प्रधानमन्त्री मोदीले सो धारणा राख्नुभएको हो । सो आक्रमणपछि अफगान राष्ट्रपति असरफ घानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनगरी सो आक्रमणको बारेमा जानकारी गराउनुभएको थियो । उक्त फोनवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले अफगान राष्ट्रपतिमार्फत आफू र भारतीय जनता सधँै अफगान नागरिकका साथमा रहेको बताउनुभएको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार प्रधानमन्त्री मोदीले सो आक्रमणलाई निस्तेज पार्न अफगान सुरक्षा निकायले गरेको बहादुरीपूर्ण कार्य र साहसका लागि पनि प्रशंसा व्यक्त गर्नुभएको थियो ।सो कन्सुलेटमा हतियारधारीहरुले आक्रमण गरेका थिए । आक्रमणमा आएका हतियारधारीहरु भने अफगान सुरक्षा बलको कारबाहीमा मारिएका थिए । दुईजना मारिएका र अर्का एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो कन्सुलेटमा तीनजना भारतीय अधिकारी कार्यरत थिए । आक्रमणबाट उनीहरु भने सुरक्षित रहेका बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?