सुरक्षित विमान कम्पनीको सूचिमा क्वान्टास पहिलो नम्बरमा, नेपाली विमान कम्पनीहरु पुछारमा


qantasविश्वका सबैभन्दा सुरक्षित विमान सेवा कम्पनीको सूचिमा अष्ट्रेलियाको क्वान्टास एयरलाईन्स सबैभन्दा अगाडि परेको छ । नेपालका विमान कम्पनीहरु यो सूचिमा पुछारमा रहेका छन् । एयरलाईन रेरिंग्स डटकमले हरेक वर्ष घोषणा गर्ने यो सूचिमा विश्वका ४ सय ७ एयरलाईन्स कम्पनीहरुमध्ये क्वान्टास पहिलो नम्बरमा आएको हो । सन् २०१३ बाट सुरु गरिएको यो सूचि प्रकाशनको पछिल्लो संस्करणमा क्वान्टासपछि टप २० मा अमेरिकन एयरलाईन्स, अलास्का एयरलाईन्स, अल निप्पोन एयरवेज, एयर न्यूजिल्याण्ड, क्याथे प्यासेफिक एयरवेज, ईमिराट्स, ईत्तेहाद एयरवेज ईभीए एयर, फिन एयर, हवाईबल एयरलाईन्स, जापान एयरलाईन्स, केएलएम, लुफ्थान्सा, स्क्यानेडेभियन एयरलाई सिष्टम, सिंगापुर एयरलाईन्स, स्वीस, युनाईटेड एयरलाईन्स, भर्जिन एटलान्टिक र भर्जिन अष्ट्रेलिया रहेका छन् । विमान कम्पनीहरुले यात्रुको सुरक्षामा कत्तिको ध्यान दिएका छन् । उनीहरुको सुविधा र नियमित सुरक्षा चेकजाँच लगायतको अध्ययनबाट यस्तो सूचि प्रकाशित हुने गर्दछ । एयरलाईन्स रेटिंग्स डटकमका सम्पादक जेफ्री थोमस भन्छन्, यी टप २० विमान कम्पनीहरुले आफ्नो सुरक्षा प्रणालीको विस्तार र यात्रुको सुरक्षामा निरन्तर फड्को मारिरहेका छन् । साथै नयाँ र सुरक्षित एयरक्राफ्ट ल्याउने मामिलामा पनि यिनीहरु अगाडि छन् । क्वान्टसले त झन धेरै यसमा काम गरेको छ । क्वान्टासले सुरक्षामा सेभेन स्टार पाएको छ भने नेपाल लगायत ईन्डोनेसियाका एयरलाईन्सहरुले जिरो स्टार पाएका छन् । सुरक्षाका हिसाबले नेपाली विमानहरु असुरक्षित रहेको तथ्यांक उक्त सर्भेमा देखाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?