दशैंमा लागू औषधका पटके तस्करको पनि जगजगी
लागुऔषधसहित पाँच युवालाई छुट्टाछट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागुऔषध बोकेर आइरहेको बेला विराटनगर–२१ स्थित भन्सारको ढाटमा प्रहरीले छड्के जाँच गर्दा दमक–१० बस्ने मनोज साह र ११ बस्ने रञ्जित मल्लिकलाई पक्राउ गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट ५४ वटा लागुऔषधको चक्की बरामद भएको बताइएको छ । त्यस्तै, भारतको अररिया घर भई हाल विराटनगरमा डेरा लिई बसेका सन्तोष यादव, मोहम्मद अनवार रुवि सिंहको कोठाको खानतलासी गर्दा ५० एम्पुल लेपिजेसिक र ५० एम्पुल डाइजेल्याव पनि बरामद भएको प्रहरीको भनाइ छ । अनि यो तस्वीर हेर्नुहोस् जसमा लुम्बिनीमा प्रहरीले पक्राउ गरेका यी व्यक्तिले लागू औषध तस्करी गर्ने कस्तो काइदा अपनाएका थिए त ?