पर्थमा आगलागीबाट सयभन्दा बढी घर नष्ट, तीन जना बेपत्ता
जङ्गलमा लागेको आगो नियन्त्रण हुन नसक्दा अष्ट्रेलियामा सय भन्दा बढी घर जलेर ध्वस्त भएका छन् । अस्ष्ट्रेलियाको प्रान्तीय राज्य पर्थको दक्षिणमा रहेको एक ग्रामीण बजारमा अवस्थित घरलाई जङ्गली आगोले छोएपछि आगलागीबाट उक्त बजारमा रहेको ९५ घर पूर्णरूपमा क्षति भएको स्थानीय अधिकारीले शुक्रबार बताएका छन् । सो घटनामा परी तीनजना हराइरहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । जङ्गलमा चट्याङ पर्दा सुरु भएको आगलागी कडा हावाका कारण बस्तीमा पुगेको थियो । आगलागी करिब २०० किलोमिटर परिधिमा फैलिँदा करिब ५८ हजार हेक्टर जङ्गल ध्वस्त भएको बताएको छ । पश्चिमी अष्ट्रेलियाको प्रान्तीय राजधानीका आकस्मिक सेवा विभागका अधिकारी वाने ग्रेगसनले आगलागी अकल्पनीय भएको र नियन्त्रणको प्रयास हँदाहँदै ठूलो क्षति पुग्न गएको बताउनुभएको छ ।