नाइफाको शुभकामना साँझ भव्यरुपमा सम्पन्न, समूदायमा योगदान दिने तीनजनालाई सम्मान
नेप्लीज युथ फोरम अष्ट्रेलिया, नाइफाले आयोजना गरेको शुभकामना साँझ २०१६ सम्पन्न भएको छ । हस्र्टभिलस्थित मराना अडिटोरियममा आइतबार गरिएको कार्यक्रममा स्थानीय प्रतिभाहरुले आफ्नो प्रस्तुतिहरुको माध्यमबाट उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । यससँगै अष्ट्रेलियामा नेपाली समूदायको हितमा काम गरेको र प्रतिष्ठा प्रबद्र्धनमा सहयोगी बनेको भन्दै तीन व्यक्तित्वलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा पत्रकार भीमसेन सापकोटा, ऋषि आचार्य र नेचुरल बडी विल्डर सन्तोषकुमार श्रेष्ठ रहेका छन् । उनीहरुलाई डा. कुमुद धिताल र ईन्द्रा वनले संयुक्त रुपमा ट्रफी, प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । करिब तीन घण्टा चलेको कार्यक्रममा कलाकारहरु राजकुमार गोश्वामी, ईश्वर पोखरेल, समीर आचार्य, नरेश रेग्मी, संजीव पराजुली, राज कुमार गोस्वामी, शैलेश शर्मा, रन्जीता गोदार, सोनी पौडेल, केदार बरुवाल, प्रभेश अधिकारी, कपिल पन्त लगायतले आफ्नो प्रस्तुति दिएका थिए । कपिल पन्तले मोदीको क्यारिकेचर गरेर उपस्थित दर्शकहरुलाई हँसाएका थिए । यसैगरी कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बोल्दै नाईफाको शुभकामना साँझ अझै विस्तारित होस् भन्ने कामना गर्नुभएको थियो । नेपाली समूदायका प्रतिभाहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यमा एनआरएनको साथ रहने भन्दै आफुहरुले गर्न लागेको विद्यार्थी कल्याण कोषको निर्माणमा विभिन्न गतिविधिहरुमा पनि साथ दिन आहवान गर्नुभयो । यस्तै नेपालबाट अभिभावकहरु अष्ट्रेलिया आउँदा जति नै दिन आएपनि उहाँहरुको विमा गर्ने कार्यलाई प्राथमिकताका साथ गर्नुपर्ने पनि उहाँल ेबताउनुभयो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भरत देवकोटाले गैरराजनीतिक र गैरनाफामूलक संस्था नाइफाले युवाहरुको प्रबद्र्धनमा विशेष कार्यक्रम ल्याउने जानकारी गराउँदै उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन पस्किने प्रतिबद्धता जनाएका थिए ।