मेलबर्नबाट युवाहरुलाई समेट्न तदर्थ समिति निर्माण
अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई समेट्ने उद्देश्य सहित गठन गरिएको नेप्लीज यूथ एसोसियसनको तदर्थ समिति बनेको छ । श्रीकृष्ण सिलवालको सभापतित्वमा दश सदस्यीय तदर्थ समिति बनाइएको हो । वैठकले संस्थाका लागि आवश्यक सदस्य संख्या पुगेपछि प्रजातान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गरेर अगाडि बढ्ने निर्णय समेत गरेको छ । एसोसियसनको नव गठित तदर्थ समितिको सभापतिमा सिलवाल,उपसभापतिमा सुमन देउजा र सञ्जयकुमार शाह,कोषाध्यक्षमा सरोज खनाल,सचिवमा उज्जवल खनाल रहेका छन् । यस्तै कार्यकारी सदस्यहरुमा मनोज पौडेल,आशा चन्द,सुमन वासु,राजन श्रेष्ठ र बुद्धिमान गुरुङ रहेका छन् । एसोसियसनको सदस्य बन्न इच्छुक युवाहरुले आफू बसेकै शहरबाट अनलाइन मार्फत सदस्य बन्नसक्ने व्यवस्था समेत मिलाइएको श्रीकृष्ण सिलवालले एमएनटीभीसँग बताए ।
एसोसियसनले पहिलो वर्ष सदस्य बन्नेहरुका लागि निशुल्क सदस्यता दिने घोषणा यस अघि नै गरिसकेको छ । सदस्य बन्न इच्छुकहरुले आफ्नो फेसबुकको लिंक गरेर सजिलै सदस्यता लिन सक्ने बताइएको छ । अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलार्य एउटै छातामूनि आवद्ध गराएर नेपाली समुदायको लागि विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको एसोसियनका तदर्थ समितिका सभापति श्रीकृष्ण सिलवाल बताउँछन् ।