निस्प्रभ सजीको उपन्यास डार्लिङ हार्बरको सिड्नी लोकार्पण र अन्तरक्रिया


Darling Harburसिड्नीका स्थापित साहित्यकार निस्प्रभ सजीको नयाँ उपन्यास डार्लिङ हार्बरको लोकार्पण गरिएको छ । नेपालमा केही समय अघि लोकार्पण गरिएको उपन्यासलाई अष्ट्रेलियामा बाई नेपाली बुक डट कमले ल्याएको छ । आइतबार सिड्नकिो कोग्रामा रहेको स्कुल अफ आर्टसको हलमा आयोजना गरिएको पुस्तक लोकार्पण तथा अन्तरक्रिया कार्यक्रममा नेपाली समाजका अगुवा नारायण प्रधान, साहित्यकार नवराज कार्की र केदार पोखरेलले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा उपन्यास लेखनमा अघि बढ्दै गरेका लेखक सजीलाई सुजित सिग्देल, हर्ष गौतम र महेन्द्र पौडेलले शुभकामना दिएका थिए । कृतिका विषयमा अन्तरक्रिया कार्यक्रमको सञ्चालन सञ्जिव पाण्डेले गरेका थिए । कार्यक्रममा बोल्दै लेखक सजीले आफुले कृतिमा समेटिएका विभिन्न भागमा अष्ट्रेलियाको जीवन र नेपालको ग्रामीण परिवेशलाई चित्रण गरेको बताएका थिए । उपस्थित दर्शकले पछिल्लो समय नेपाली साहित्यमा किताबको नाम अंग्रेजी किन राखिएको होला भनी राखेको जिज्ञासामा उनले डार्लिङ हार्बरलाई नेपालमा कतै नबुझे पनि अष्ट्रेलियाका पाठकले यो ठाउँको नाम हो भन्ने बुझ्ने आशा राफुले राखेको बताए । उनले उपन्यासको अन्तिम भाग पढेपछि किन यस पुस्तकको नाम डार्लिङ हार्बर राखियो भन्ने प्रष्ट हुने पनि खुलाए । कार्यक्रममा नै पुस्तक खरिद गर्नेहरुलाई साहित्यकार सजीले आफ्नो हस्ताक्षरसहित प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन नेपालीपत्रका सम्पादक ऋषि आचार्यले गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?