सरकारको भन्दा काँग्रेसको काँधमा बढी जिम्मेवारी : नेता सिटौला


sitaulaनेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेसको काँधमा सत्तापक्षको भन्दा बढी जिम्मेवारी भएको बताउनुभएको छ । नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री सिटौलाले मुलुकलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको बाटोमा हिँडाउने लक्ष्य काँग्रेसको रहेकाले यसको जिम्मेवारी पनि सबैभन्दा धेरै काँग्रेसकै हुने जिकिर गर्नुभयो । विगतमा भएका आमूल क्रान्तिकारी परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको बताउँदै उहाँले संविधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुने प्रष्ट पार्नुभयो । मुलुकमा राजनीतिक स्थायित्व नहुँदा आर्थिक क्रान्ति हुन नसकेको बताउँदै संविधान जारी भइसकेकाले यसको प्रभावकारी कार्यान्वयन हुनसके राजनीतिक स्थायित्व हुने र त्यसपछि मुलुकमा आर्थिक क्रान्ति गर्न सकिने उहाँको भनाइ थियो ।सांसद हृदयराम थानीले मुलुक बनाउन र विकास निर्माणको नेतृत्व गर्र्न काँग्रेसको अगुवाई आवश्यक रहेकोे बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?