नेपाली युवा फुटबल खेलाडीहरुको स्वागतमा देखिएको यो उत्साह


Rss_Images_1453550250769_Pro_Ktm_ Nepali football team welcome (5)बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई भव्य स्वागत गरिएको छ । टोली बङ्गलादेशबाट शनिबार दिउँसो करिब ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लँदा हजाराँै फुटबल समर्थकले ‘यो जित कस्को नेपालको, गोर्खाली हामी कहिल्यै झुक्दैनौँ’ जस्ता नारा लगाएका थिए । Rss_Images_1453550409882_Pro_Ktm_ Nepali football team welcome (2) Rss_Images_1453550078326_Pro_Ktm_ Nepali football team welcome (8) Rss_Images_1453550440753_Pro_Ktm_ Nepali football team welcome (1)
Rss_Images_1453550336767_Pro_Ktm_ Nepali football team welcome (4)
राष्ट्रिय झन्डा बोकेका उनीहरूले विभिन्न राष्ट्रिय गीत गाएर विमानस्थलको रौनक बढाएका थिए । त्यस्तै, खेलाडीलाई स्वागत गर्न पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीलगायत विभिन्न पेसाका व्यक्तिहरूको पनि उपस्थिति थियो । त्यसपघि टोलीलाई पञ्चै बाजासहित विमानस्थलबाट, गौशाला, पुतलीसडक, शहिदगेट हुँदै दशरथ रङ्गशालामा पु¥याइएको थियो जहाँ सयौँको सङ्ख्यामा फुटबल समर्थक खेलाडीलाई स्वागत गर्न उपस्थित थिए । एक कार्यक्रमकाबीच राखेपका सदस्यसचिव केशवकुमार विष्ट, एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधानलगायतले खेलाडीलाई स्वागत गर्नुभयो । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रका लागि समर्पित भएर पूर्ण अनुशासनका साथ सबैले खेलेकाले उपाधि सम्भव भएको बताउनुभयो ।
त्यस्तै, कप्तान विराज महर्जनले नेपाली फुटबलप्रेमी दर्शकको माया पुनः फर्काउने उद्देश्यले टोली एक ढिक्का भएर खेलेकाले सफल नतिजा आएको बताउनुभयो । यसपटक नेपाली टोली फुटबलमा देखिएको २३ वर्षे उपाधिको खडेरी तोड्न सफल भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?