नेपाली युवा क्रिकेटर अन्डर १९ विश्वकपको क्वाटरफाईनलमा


under 19उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै दोस्रो जित निकालेसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा आज भएको खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले हराएपछि दोस्रो चरणको सम्भावना बलियो बनेको हो । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको नेपालले २५.३ ओभरमै मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि योगेन्द्रसिंह कार्कीले अविजित ६१ तथा अर्का अविजित आरिफ शेखले ३१ रन बनाएपछि जित सुनिश्चित बनेको थियो । ओपनर सन्दीप सुनार पहिलो बलमै ० रनमा आउट भएपछि दबाबमा परेको नेपाललाई योगेन्द्र र आरिफले उकासेका हुन् । अर्का ओपनर सुनिल धमलाले २८ रनको योगदान गरेका थिए । यसअघि आयरल्यान्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले दुई तथा सुनिल र सुशील कँडेलले १÷१ विकेट झारे । नेपाली धारिलो बलरसामु आयरल्यान्डका ब्याट्सम्यान निरीह थिए । आयरल्यान्डले ३८.५ ओभरमै ८ विकेट गुमाएर ९२ रन मात्र बनाएको थियो । त्यसपछि आयरल्यान्ड केही सम्हालिएको थियो । उसका लागि फिचरा तुकेरले अविजित ३०, ज्याक टेक्टोरले २७ तथा एडम डेनिन्सनले २१ रन जोडेका थिए भने अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । आजको खेल जिते नेपालको क्वाटरफाइनलमा पुग्ने सम्भावना हुनेछ । पहिलो खेलमा नेपालले बलियो मानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले आफ्नो अन्तिम खेल यही माघ १८ गते भारतसँग खेल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?