साफ फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा, कप्तान विराज महर्जन
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतको गवाहाटीमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलतर्फ राष्ट्रिय टोलीको घोषणा गरेको छ । घोषणा गरिएको २० सदस्यीय टोलीमा कप्तान विराज महर्जन, विक्रम लामा र नवयुग श्रेष्ठ गरी तीन खेलाडी २३ वर्ष माथिका छन् । अन्य युवा खेलाडीमा विकेश कुथू, एलान न्यौपाने, अमृत चौधरी, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजबंशी, मनबहादुर तामाङ, कमल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ र प्रकाश बुढाथोकी छन् । त्यस्तै, अञ्जन विष्ट, विमल घर्ती मगर, रञ्जन विष्ट, सुमन लामा र सुनिल बल पनि टोलीमा अटाएका छन् । त्यसैगरी, टोलीको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य, गोलकिपिङ प्रशिक्षकमा मृगेन्द्र मिश्र तथा व्यवस्थापकमा विराटजङ्ग शाही छन् । नेपाल रहेको समूह बी मा बङ्गलादेश र भुटान समावेश छन् । नेपालले पहिलो खेल आगामी माघ २४ गते भुटान तथा २८ मा बङ्गलादेशसँग खेल्नेछ ।