टर्कीको आकाशको क्षेत्रलाई सम्मान गर्न रसियालाई नेटोको चेतावनी
नेटोले रसियालाई आफ्नो हवाई अनुशासनको पालना गर्न र टर्कीको आकासको सम्मान गर्न चेतावनी दिएको छ । सियाली सुरक्षा अधिकारीहरुले पछिल्लो समयमा विना अनुमति टर्कीको आकासमा आफ्ना विमान उडाउने गरेको आरोप लाग्ने गरेको छ । सै समाचारको पृष्ठभूमिमा हवाई अनुशासनको पालना गर्न नेटोले रसियालाई चेतावनी दिएको समाचारमा जनाइएको छ । नेटोका महासचिव जेन्स स्टल्ट्बर्गले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा भन्नुभएको छ– टर्कीको बारम्बारको आग्रहको बेवास्ता गर्दै रसियाले टर्कीको आकासमा शनिबार युद्धक बिमान उडाएको छ । उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ– विगतमा पनि रसियाले यस्तै व्यवहार गर्दै टर्कीको आकासमा विमान उडाएको छ र अफ्नो हवाई नियमको उल्लङ्घन गरेको छ । विगतमा पनि टर्कीको आकासमा उडाएको भनिएको रसियाली विमानलाई टर्कीले खसालिदिएको थियो । सिरियामा हमला गर्ने निहूँमा सो क्षेत्रमा जाने गरेका रसियाली विमानहरुले टर्की प्रवेश गर्ने गरेको टर्कीको भनाई छ । महासचिव स्टल्टबर्गले आगामी दिनमा यस्ता घटना नदोहो¥याउन तथा अङ्कारा र मस्कोलाई सिधा सम्पर्क गरी फोनवार्ता गर्न पनि आग्रह गर्नुभएको बताइएको छ । टर्कीको विदेशमन्त्रालयले शनिबार टर्कीका लागि रसियाली राजदूतालाई बोलाएर यस विषयमा स्पष्टीकरण समेत लिएको थियो । सिरियामा आइएसको उपस्थिति देखिएको भन्दै उनीहरुको कारबाहीका लागि रसिया र अमेरिकी विमानले सिरियामा हवाई हमला गर्न थालेपछि रसियाली विमान टर्कीतर्फ पनि प्रवेश गर्न थालेका छन् । घटनाको विरोध गर्र्दै आफ्नो सदस्य राष्ट्र रहेको टर्कीको पक्षबाट नेटोले बारम्बार रसियालाई चेतावनी दिँदै आएको छ ।