अमेरिका मुस्लिमविरोधी नभएको राष्ट्रपति ओबामाबाट स्पष्ट


Barack Obamaअमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार वाल्टिमोरमा अवस्थित एक मस्जिदमा गरिएको सभालाई सम्बोधन गर्दै आतङ्कवादसँगको लडाईलाई सफल पार्नु भनेको अमेरिका इस्लाम समुदायप्रति दमनको नीति नलिएको प्रष्ट पार्नसक्नु भएको बताउनुभएको छ । अमेरिकी निर्वाचन अभियानमा मुस्लिमविरोधी मुद्दालाई उठाइएकोमा आलोचना गर्दै उहाँले यसलाई अक्षम्य गतिविधि बताउनुभयो । अमेरिकी राष्ट्रपतिका लागि चुनावी अभियानमा होमिएका बलिया प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले मुस्लिमहरूलाई अमेरिका प्रवेशमा रोक लगाइनुपर्ने भन्दै हालैका दिनमा दिएका अभिव्यक्ति विश्वभर निकै चर्चाका विषय बनेका छन् । आतङ्कवादलाई परास्त गर्न अमेरिका समग्र इस्लाम धर्मावलम्बीविरोधी नभएको इस्लाम समुदायलाई प्रष्ट्याउन पर्ने उक्त अवसरमा राष्ट्रपति ओबामाले बताउनुभयो ।
क्रिश्चियन धर्मावलम्बीको बहुमत भएको एक अमेरिकी भूभागमा चुनावी प्रचारप्रसारका क्रममा इस्लामविरोधी हालैका राजनीतिक अभिव्यक्तिलाई लिएर उहाँले भन्नुभयो, अमेरिका कुनै धार्मिक अतिवादको पक्षमा रहन सक्दैन । आजको संसारमा कुनै एउटा विश्वासमाथि दमन वा आक्रमण हामीहरूका सबै धार्मिक विश्वासमाथिको आक्रमण हुनेछ, राष्ट्रपति ओबामाको अमेरिकी मस्जिदको पहिलो भ्रमणमा बताउनुभयो । अमेरिकी जनता यदि कुनै धार्मिक समूहमाथि अन्याय भएमा बोल्नुपर्छ । अमेरिकी जनताले धार्मिक स्वतन्त्रतामा विश्वास गर्छन् र यसलाई सम्मान गर्छन् उहाँले थप्नुभयो । आफ्नो सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले सबै मुसलमान समुदायलाई अतिवाद र आतङ्कवादलाई अस्वीकार गरी अघि बढ्न आग्रह पनि गर्नुभएको थियो । अमेरिकी मुस्लिम समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, तपाइँहरू मुसलमान वा अमेरिकी नागरिक नभई मुसलमान र अमेरिकी नागरिक हो भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?