झापाले जित्यो माइभ्याली गोल्डकप उपाधि, एपीएफविरुद्ध २ गोल


P547814145.football-ground.162153lइलाममा आयोजित टुवोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको उपाधि झापा–११ ले हात पारेको छ । फाइनल खेलमा विभागीय टीम एपिएफलाई ०–२ गोलले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाको जितमा २५औँ मिनेटमा विशाल राई र ७५ औंँ मिनेटमा झापाका योगेश गुरूङले दोस्रो गोल गरेका थिए । उपाधिसहित झापा ११ ले रु तीन लाख ५० हजार, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेता एपिएफले रु एक लाख ७५ हजार, ट्रफी र प्रमाणपत्र पाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी झापाका गोलरक्षक किशोर गिरी घोषित हुँदै रु ३० हजार प्राप्त गरे । विजेताहरूलाई प्रथम पुरस्कार प्रायोजन गर्ने इलाम सूर्याेदय नगरपालिकाका तारा सापकोटा र रोजु सापकोटा तथा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, स्थानीय विकास अधिकारी मदन कोइराला, जिल्ला फुटवल सङ्घका अध्यक्ष निरोज खड्गी, प्रतियोगिता आयोजक माइभ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । पूर्वी पहाडको सबैभन्दा ठूलो पुरस्कार राशि भएको प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?