फेरि अर्का नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ


File Photo

File Photo
File Photo

नक्कली प्रमाणपत्र पेस गरी चिकित्सकको जागिर खाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सप्तरीमा कार्यरत एकजना चिकित्सकलाई पक्राउ गरेको बताइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राजविराजस्थित गजेन्द्रनारायाण सिँह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत चिकित्सक राजेन्द्रप्रसाद दासलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । राजविराज–३ निवासी दासलाई अनुसन्धानका लागि सिआइबीको टोलीले काठमाडाँै लगेको बताइएको छ । पक्राउ परेका दासको प्रमाणपत्र नक्कली परेकाले पक्राउ गरिएको बताइएको छ तर कुन प्रमाणपत्र नक्कली हो भने खुलाइएको छैन । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १२ जना नक्कली प्रमाणपत्र पेस गरी चिकित्सक बनेकालाई पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?