सार्कस्तरीय म्याराथनमा नेपाल पाचौंस्थानभन्दा माथि जान सकेन


saarcजारी १२ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको पुरुष तथा महिला दुबै म्याराथनमा नेपाल पाचाँैं भएको छ । पुरुष म्याराथनमा नेपालका भूमिराज राई पाचाँै भए । उनले निर्धारित दुरी दुई घण्टा ३२ मिनेट २१ सेकेन्डमा पार गर्दै पाचौँ भएका हुन् । त्यस्तै, नेपालकै खिमबहादुर खत्रीले दुई घण्टा ३९ मिनेट ५६ सेकेन्डमा पार गर्दै छैटौँ भए ।सो स्पर्धामा भारतका नितेन्दर सिंह राउतले दुई घण्टा १५ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जिते । श्रीलङ्काका इन्द्रजित कुर्रेले दुई घण्टा १५ मिनेट १९ सेकेन्डमा सो दुरी पार गर्दै रजत र भारतकै खेठारामले दुई घण्टा २१ मिनेट १४ सेकेण्डमा उक्त दुरी पार गर्दै कास्य जिते । यसैबीच, महिला म्याराथनमा नेपालकी स्वरुपा खड्का पाचौँ भएकी हुन् । उनले निर्धारित दुरी तीन घण्टा १२ मिनेट १ सेकेन्डमा पुरा गरिन् । सो प्रतिष्पर्धामा भारतकी कविता राउतले दुई घण्टा ३८ मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गर्दै स्वर्ण जितिन् । त्यस्तै श्रीलङ्काकी एनजे राजासेकाराले दुई घण्टा ५० मिनेट ४७ सेकेन्डमा दुरी पार गर्दै रजत र श्रीलङ्काकै अनुराधीले दुई घण्टा ५२ मिनेट १५ सेकेन्डमा उक्त दुरी पार गर्दै कास्य पदक जितिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?