बोको हरामका सत्ताइस लडाकूको सैनिक कारबाहीमा मृत्यु


bokoक्यामरुनको सेनाले देशको सीमा क्षेत्रमा चलाएको सुरक्षा कारबाहीमा २७ जना बोको हराम आवद्ध लडाकूको मृत्यु भएको यहाँका उच्च सैनिक अधिकारीले शुक्रबार बताएका छन् । सुरक्षा कारबाहीका क्रममा २७ लडाकू र एक सैनिक अधिकारीको मृत्यु भएको जनरल ज्याकोब कोदजीले बताउनुभएको छ । साथै उक्त सुरक्षा कारबाहीमा सात जना सैनिक घाइते भएको उहाँले बताउनुभयो । सन् २०१५ को डिसेम्बर यता क्यामरुन र नाइजेरियाका क्षेत्रीय सुरक्षा बलद्वारा बोको हरामविरुद्ध दुवै देशका सीमा क्षेत्रमा बोको हराम तथा अतिवादी आतङ्कवादी समूहविरुद्धको कारबाही जारी छ । उक्त क्षेत्रमा सन् २०१४ देखि इस्लामिक स्टेट (आईएस) समूहले उक्त क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गरेको थियो । उनीहरूको गतिविधिले गएको वर्षको सुरुदेखि नै व्यापकता पाए पनि पछिल्ला केही महिनामा सरकार यस्ता गतिविधि रोक्न सफल भएको कोदजीले बताउनुभयो । गएको बुधबार मात्रै बोको हरामद्वारा गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु भएको थियो । बोको हराम तथा विभिन्न इस्लामिक अतिवादी समूहद्वारा चलाएका छ वर्षदेखि जारी आतङ्कवादी गतिविधिका कारण यो क्षेत्रमा गरिब २० हजार नागरिकको मृत्यु भएको एम्नेस्टी इन्टरनेसनलले जनाएका छन् । द्वन्द्वका कारण करिब २५ लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?