हल मालिकले घटाए लाल सिंह चड्डा र रक्षा बन्धनको ‘शो’


साउन २७, काठमाडौँ । आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले बक्सअफिसमा कमजोर सुरुवात गर्‍यो।

दुवै फिल्मले ओपनिङ डेमा कूल २० करोड रुपैंयाँको मात्र कलेक्सन गर्न सक्यो। यी दुवै फिल्मले रक्षा बन्धनको लाभ उठाउन सकेनन। यहीकारण फिल्म हलका मालिकहरुले घाटालाई कम गर्नका लागि आफ्नो रणनीतिमा परिवर्तन गरेका छन्।

समाचारअनुसार बक्सअफिसमा दुवै फिल्मले खराब व्यापार गरेपछि हल मालिकहरुले दुवै फिल्मको शो इच्छाअनुसार कम गर्ने निर्णय लिएका छन्। अक्षय र आमिर दुवैको फिल्म भारतका करिब १० हजार पर्दामा रिलिज गरिएको थियो।

तर, केही स्थानमा पहिलो दिन फिल्म हेर्नकै लागि अधिकतम १० देखि १२ जनामात्र दर्शक आएका थिए। जसकारण हलका मालिकले ओवरहेडलाई बचाउन र सीमित शोमा अकुपेन्सी बढाउनका लागि दोस्रो दिन फिल्मको शो कम गर्ने निर्णय लिए।

हाल भारतभर आमिरको फिल्मलाई १३ सय शो र अक्षयको फिल्मलाई एक हजार शो कम गरिएको छ। शुक्रबारको अकुपेन्सीको कुरा गर्दा आमिरको फिल्ममा बिहानीको शो अकुपेन्सी ८ दशमलब २७ प्रतिशत र अक्षयको फिल्मको अकुपेन्सी ७ दशमलब ६३ प्रतिशत थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?