यसरी देशले स्वागत गर्दैछ विजेताहरुलाई


आज दिउँसो ३ बजेपछि विमानस्थलदेखि दशरथ रंगशालाबीच साग फुटबलको स्वर्ण पदक विजेता नेपाली टोलीलाई भव्य स्वागत गरिँदैछ । ५ वटा सैनिकका ट्रकमा उनीहरुलाई राख्ने र नगर परिक्रमा गर्ने योजना छ । यसै अन्तर्गत बाजागाजासहित उनीहरुलाई विभिन्न ठाउँ हुँदै रंगशाला पुर्याउने कार्यक्रम छ । team Nepalभारतलाई फाईनलमा पराजित गरेर २३ वर्षपछि उपाधि चुम्न सफल खेलाडीहरुलाई विमानस्थलको गेटबाटै सुरु हुने विजय जुलुस तिलगंगाचोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ। पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमल हुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुर्याइने एन्फाले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?