भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था थप नाजुक बन्दै


भदौ ३, मुम्बई । भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको अवस्था थप नाजुक बन्दै गएको छ। उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको पाइएको उपचारमा संलग्न डाक्टरले बताएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

मस्तिष्क सुन्निएको कारण पानी भेटिएको छ। चिकित्सकहरुले उनको अवस्था चिन्ताजनक रहेको उनका जेठा भाइ सीपी श्रीवास्तवले बताए।

श्रीवास्तवको अवस्था बिग्रिएपछि परिवारका सदस्य र धेरै आफन्तहरू दिल्ली एम्स पुगेका छन्।

बुधबार साँझसम्म स्वास्थ्यमा सुधार देखिएकाले उनका आफन्त र फ्यान खुसी भएकोमा आज पुनः स्थिति बिग्रिएपछि पुनः निराशा बढेको छ । आइतबारसम्म राजुलाई २० प्रतिशत अक्सिजन सपोर्टमा राखिएको थियो। मंगलबार भने थप १० प्रतिशतले घटेको थियो। अर्थात् उनको शरीरलाई १० प्रतिशत मात्र अक्सिजन सपोर्ट चाहिन्छ ।

मंगलबार स्थिति सुध्रिन थालेकाले एक–दुई दिनमा भेन्टिलेटर हटाउने चिकित्सकले बताएका थिए। उनका फ्यानहरू उनलाई भेट्न एम्स पुगिरहेका छन्। यतीबेला उनका फ्यानहरु स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?