जनयुद्धअघि पृथ्वीनारायण शाहको रणनीति पनि अध्ययन भएको थियो : प्रचण्ड


एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको राजनीतिक फौजी रणनीतिलाई अध्ययन गरेर मुलुक परिवर्तनका लागि दशवर्षे  सशस्त्र जनयुद्ध सुरु गरिएको बताउनुभएको आरडी प्रभास चटौत श्रीमती राजलक्ष्मीले लेखेकोबेलाको बोली बखतको इतिहास नामक पुस्तकको विमोचन कार्यक्रममा उहाँले भन्नुभयोजनयुद्ध सञ्चालनका बेलामा मैले माओ, माक्र्स लेनिनका पुस्तक मात्र पढेँ भन्ने कतिलाई लाग्न सक्छ तर मैले सबैभन्दा बढी नै पृथ्वीनारायण शाहको राजनीतिक फौजी रणनीति पढेँ पूर्वप्रधानमन्त्री दाहालले नेपालले कस्तो संविधान कसरी बनाउँछ भनेर विश्व समुदायले हेरिरहेकाले आरोह अवरोहबीच संविधान बनाउनुपर्ने दायित्व पूरा गर्न दलहरु लागिपरेको  बताउनुभयो नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले एकीकरण गरेर अहिलेको आधुनिक नेपाल बनाउन योगदान पु¥याएका शाहको सालिक भत्काएर कस्तो नेपाल बनाउन खोजिएको हो भन्नेमा जनता स्पष्ट नभएकाले दलहरुले आफ्ना क्रियाकलापमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताउनुभयो नेपाली काँग्रेसका नेता रमेश लेखकले दस बर्से जनयुद्धलाई सहज रुपमा शान्ति प्रक्रियामा ल्याइए जस्तै नयाँ संविधानका लागि पनि सबै दल एक जुट हुनुपर्नेमा जोड दिनुभयो संस्कृतिविद् सत्यमोहन जोशीले बाइसे, चौबीसे काठमाडौँ उपत्यकाको मात्र इतिहासलाई अझ विस्तृत रुपमा खोज अनुसन्धान गरी राष्ट्रिय इतिहासको लेखन गरिनुपर्ने बताउनुभयो विमोचित कृतिमाथि समीक्षा गर्दै प्रा डा माधवप्रसाद पोखरेलले १४ आँै शताब्दीदेखिका विषयवस्तुलाई अनुसन्धान गरी लेखिएको पुस्तक नेपालको इतिहासमा एउटा कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो पुस्तकका लेखक चटौतले शाके १३१० देखिका ऐतिहासिक विषयलाई पुस्तकमा उतारिएको जानकारी दिनुभयो सञ्चारकर्मी आरती चटौतले इतिहास  सम्पदा, संस्कृति भाषाको संरक्षणमा   जुट्न आह्वान गर्नुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?