घरमै पम्प बनाएर डिजेल बिक्री गर्दैगरेका कीर्तिपुरका महर्जन पक्राउ


petrolआफनै घरमा अवैधरुपमा पेट्रोलपम्प नै बनाई डिजेल बिक्री वितरण गरी कालोबजारी गर्ने दिनेश महर्जनलाई प्रहरीले बुधबार पक्राउ गरीसार्वजनिक गरेको छ । कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाँटमा घरको कम्पाउन्डभित्र महर्जनले सरकारको दररेटभन्दा बढी मुल्य लिई प्रति लिटर रु १४० मा डिजेल बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरी सार्वजनिक गरेको हो । महर्जनलाई पक्राउ गरी उनको पम्पमा रहेको एक हजार १०० लिटर डिजेलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?