नेटफ्लिक्समा आलियाको ‘डार्लिंग्स’को नयाँ रेकर्ड


दौ ५, मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट हालका दिनमा आफ्नो हालै रिलिज फिल्म ‘डार्लिंग्स’लाई लिएर चर्चामा छिन्। यो फिल्म गत अगष्ट ५ मा नेटफ्लिक्समा रिलिज भएको थियो, जसमा आलियासँग अभिनेता विजय वर्मा पनि देखिएका थिए।

रिलिजपछि यो फिल्मले नेटफ्क्लिसमा नयाँ रेकर्ड राखेको छ। यो फिल्म गैर–अंग्रेजी भाषाको सबैभन्दा बढी भारतीय ओपनरका रुपमा आएको थियो। १६ देशमा यो फिल्म उत्कृष्ट १० मा थियो। अहिले पुनः यसले अर्को रेकर्ड राखेको छ।

आलियाको फिल्म नेटफ्लिक्समा सर्वाधिक हेरिने गैर–अंग्रेजी भाषाको भारतीय फिल्म बनेको छ। यो फिल्मलाई हालसम्म २४ मिलियन घण्टासम्म हेरिएको छ।

घरेलु हिंसाको कथामा आधारित फिल्ममा आलियाले बदरुनिसाउर्फ बदरुको भूमिका निभाएकी छन्। फिल्ममा विजय उनका पति हमजाको भूमिकामा छन्। दुवैको चरित्रलाई दर्शकले निकै मनपराएका छन्।

यो फिल्मलाई ओटीटी रिलिजका लागि ८० करोडमा बेचिएको हो। यो फिल्ममार्फत आलियाले निर्माताका रुपमा पनि आफ्नो करियर सुरुवात गरेकी हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?