फ्यानका कारण राजु श्रीवास्तव असुरक्षित !
भदौ ६, मुम्बई । भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तव हालका दिनमा नयाँ दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा जीवन र मृत्युको युद्ध लडिरहेका छन्। सारा भारत उनको स्वास्थ्य लाभको प्रार्थना गरिरहेको छ। डाक्टरहरूले आफ्नोतर्फबाट उनलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन्। उनको उपचारका लागि कोलकाताबाट राम्रा न्युरोलोजिस्ट पनि बोलाइएको छ।
यति हुँदाहुँदै पनि राजु फ्यानका कारण असुरक्षित बनेका छन्। एक अपरिचित व्यक्ति राजुलाई राखिएको आइसियू कक्षभित्र पसेर उनीसँग सेल्फी लिन खोजेका छन्। त्यसपछि उनलाई अस्पतालका कर्मचारीले सोधपुछ गरेका थिए। राजुका परिवारले घटनाप्रति चासो राख्दै सुरक्षा बढाउन अस्पताल प्रशासनसँग माग गरेपछि आइसियू कक्षबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ। जोकोहीलाई पनि विना अनुमति भित्र पस्न निषेध गरिएको छ।
गत १० अगस्टमा जिममा व्यायाम गरिरहँदा राजुलाई हृदयाघात भएको थियो। त्यसपछि उनलाई नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ।